इञ्जिनियरिङको लाइसेन्स परीक्षामा अधिकांश फेल
नेपाल इञ्जिनियरिङ परिषद्ले इञ्जिनियरिङ व्यवसाय दर्ताका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चैत १२ र १३ गते भएको इञ्जिनियर लाइसेन्स परीक्षाको नतिजा परिषद्ले हिजो सार्वजनिक गरेको हो ।
लाइसेन्सका लागि दुई हजार ६ जनाले आवेदन फाराम भरेकोमा एक हजार ९८१ जनाले मात्र परीक्षा दिएका थिए । जसमध्ये पाँच सय ६५ जना उत्तीर्ण भएका छन्, जुन २८.५ प्रतिशत हो । ११ जनाको परीक्षा रद्द भएको परिषदले जनाएको छ ।
इञ्जिनियर उत्तीर्ण गरेकाहरुले इञ्जिनियरिङ व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । तर, त्यसबाट गुणस्तरमा प्रश्न उठ्न थालेपछि परिषद्ले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।
टिप्पणीहरू