बेलायती सैन्य टोली काठमाडौंमा, अमेरिकी पाँचखालमा

बेलायती सैन्य टोली काठमाडौंमा, अमेरिकी पाँचखालमा

नेपालमा यतिखेर अमेरिकी र बेलायती सैन्य टोली आइपुगेको छ । अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरलको नेतृत्वमा आएको छ सदस्यीय टोली नेपाली सेनासँग तीन दिनको वार्तामा सक्रिय छ । 

यसैबीच बेलायती सैन्य टोली पनि काठमाडौं आइपुगेको जनाइएको छ । तीन सदस्यीय उक्त टोली सवार विमान आज बिहान साढे ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको बताइन्छ । 

कतार एअरवेजको उडानमा दोहा हुँदै आएको टोलीको नेतृत्व मेजर जनरल एम.एच.स्ट्रिकल्याण्डले गरेका छन् । उनी ब्रिटीस आर्मी रोयल गोर्खाजमा कार्यरत छन् ।

हिजोदेखि वार्तामा सहभागी अमेरिकी टोली आज बिहान काभ्रेपलाञ्चोकको पाँचखाल पुगेर राजधानी फर्केको छ । उनीहरु नेपाली सेनाको एनए ०५८ अगुस्ता हेलिकोप्टरमा बिहान त्यता गएर दिउँसो १ बजे काठमाडौं आइपुगेका हुन् ।

टिप्पणीहरू