ताप्लेजुङका स्थानीय तहको ढोकामा कोशी विरोधीहरुको ताल्चा
१ नम्बर प्रदेशको नामकरण कोशी राखिएकोमा विरोध गर्दै आएकाहरुले ताप्लेजुङमा ताल्चा लगाउँदै हिँडेका छन् । प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले विभिन्न गाउँपालिका र नगरपालिकामा ताल्चा लगाइदिएको बताइएको छ ।
उनीहरुले फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकामा ताल्चा लगाएका हुन् । केही वडा कार्यालयमा पनि ताला लगाएको आन्दोलनकारीहरुले बताएका छन् । आजै प्रदेश राजधानी विराटनगरमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत समूह र प्रहरीबीच भिडन्त भएको छ । दुई दिनअघि एक प्रदर्शनकारीको मृत्यु भएपछि पहिचानवादीहरुको आन्दोलन थप चर्केको बताइन्छ ।
संघर्ष समितिले आजदेखि आगामी शुक्रबारसम्म सबै पालिकाका कामकाज ठप्प गराउने कार्यक्रम तय गरेका छन् । उनीहरुले जिल्लाका कतिपय पालिकाका वडा कार्यालयमा पनि ताल्चा लगाइदिएको जानकारी दिएका छन् ।
टिप्पणीहरू