एमाले जनप्रतिनिधि जागिर खान विदेशतिर

एमाले जनप्रतिनिधि जागिर खान विदेशतिर

युवालाई देशमै रोजगारी दिने भन्दै राजनीतिमा लागेका र वडा सदस्य जितेका एक जनप्रतिनिधि मजदुरीका लागि झोला बोकेर विदेश पसेका छन् । 

इलामको देउमाई नगरपालिका वडा नम्बर ५ का वडा सदस्य कैलाश श्रेष्ठ रोजगारीको सिलसिलामा दक्षिण कोरिया पलायन भएका हुन् । उनी २०२२ को ईपीएस भाषा परिक्षा उत्तीर्ण गरेर कोरिया गएको बताइएको छ ।

श्रेष्ठ गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित वडा सदस्य हुन् । उनी देश छाडेर कोरिया गएपछि वडा सदस्यको पद रिक्त भएको छ ।

रोजीरोटीका लागि युवालाई विदेश जानुपर्ने बाध्यता हटाउने,देशमै स्वरोजगारका अवस्था सिर्जना गर्ने भन्दै चुनावमा भोट मागेर जनप्रतिनिधि भएकाहरु नै वैदेशिक रोजगारीमा हिँडेको यो घटनाले मुलुकको दयनीय अवस्थाको चित्रण गरेको भन्दै सामाजिक सञ्जालभरि अनेक टिप्पणी भैरहेको छ ।
 

टिप्पणीहरू