उखु किसानहरु आन्दोलनको तयारीमा, मीटरब्याज पीडितहरु सडकमा

उखु किसानहरु आन्दोलनको तयारीमा, मीटरब्याज पीडितहरु सडकमा

राजधानीका सडकमा मीटरब्याज पीडितहरुको आन्दोलन नसेलाउँदै उखु किसानले पनि प्रदर्शन गर्ने भएका छन् । तराईका उखु किसानहरु आफ्नो वर्षौंदेखिको भुक्तानी नभएको रकम प्राप्तीको निम्ति काठमाडौं आएको बताइन्छ । 

उनीहरुले पटक पटक सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा त्यसबारे उजुरी दिँदा पनि सुनुवाई नभएकाले राजधानी आएको बताए । एक वर्षदेखि आफ्ना निवेदनलाई प्रशासनले बेवास्ता गरेको उखु किसानहरुको आरोप छ । 

उनीहरुले चिनी मिलहरुसँग झण्डै १४ करोड रुपैयाँ लिन बाँकी रहेको उल्लेख गरे । राजधानीमा आन्दोलन गर्न आइपुगेका उखु किसानहरु हाम्रो टिम नेपालसँग समन्वयमा रहेको जानकारी दिइएको छ ।

यता, मीटरब्याज पीडितहरुले आज र्याली निकालेका छन् । उनीहरुले मध्यान्ह १२ बजेदेखि अनामनगरबाट जुलुस निकालेका हुन् । जुलुस नयाँ बानेश्वर पुगेर धनार्मा परिणत भएको छ ।

उनीहरुले तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुठा मुद्दा लगाइएकालाई रिहा गर्नुपर्ने, मीटर ब्याजीलाई कारवाही गर्नुपर्ने र सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्नेलगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
 

टिप्पणीहरू