चिनियाँ टेराकोटाका घोडा र योद्धाका मूर्ति स्पेनको संग्रहालयमा

भिडियाे : सिन्ह्वा

‘विश्वको आठौं आश्चर्य’ भनेर चिनिने चीनका टेराकोटाका योद्दा र घोडाका मूर्तिहरु स्पेनमा प्रदर्शन गरिएको छ । ती मूर्ति एलिकान्टास्थित पुरातात्विक संग्रहालयमा प्रदर्शनमा राखिएको बताइएको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अदनुसार ‘चीनको छिन र हान राजवंशको कथा’ शीर्षकमा आयोजित प्रदर्शनीमा नौ वटा चिनियाँ संग्रहालयका एक सय २० भन्दा बढी ऐतिहासिक वस्तुको प्रदर्शन गरिएको हो । 

सम्राट छिन शि ह्वाङ, उनको चिहान र रहस्यमय टेराकोटा योद्दाका मूर्तिद्धारा निर्मित चीन एकीकरणको इतिहासलाई देखाइएका पुरातात्विक सामाग्रीलाई छुट्टाछुट्टै तीन वटा ग्यालरीमा प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनी हेर्न पुगेकाहरु चिनियाँ सजावट देखेर आश्चर्यचकित परेको बताइन्छ । विशिष्ट प्रविधिको प्रयोग गरेर बनाइएको संग्रङ्ग्रालयमा आधुनिक लाइटको प्रयोग गरिएको छ । 

यो प्रदर्शनी चीन र स्पेनको संस्कृति र पर्यटन वर्षको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रमको एक भाग हो । मार्च पहिलो सातादेखि शुरु भएको प्रदर्शनी आउँदो जनवरीसम्म चल्नेछ ।

टिप्पणीहरू