आफ्नै नेतासङ्ग छलफल गर्न एमालेले बनायो कार्यदल

आफ्नै नेतासङ्ग छलफल गर्न एमालेले बनायो कार्यदल

नेकपा एमालेले नेता भीम रावलसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले रावलसँग छलफल गरेर आवश्यक निश्कर्ष निकाल्न कार्यदल बनाएको बताइएको छ ।

उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्णबहादुर थापा सदस्य रहेको समिति बनाइएको हो । कार्यदलले रावलका असन्तुष्टीबारे निचोड निकाल्ने

छ ।

आगामी उपनिर्वाचनको निम्ति एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उठाउने निर्णय गरेको छ । बारा २ बारे भोलिको बैठकले निर्णय गर्ने बताइएको छ ।
 

टिप्पणीहरू