मार्सी र चित्रबहादुर केसी एउटै विमानमा काठमाण्डौ फिर्ता

मार्सी र चित्रबहादुर केसी एउटै विमानमा काठमाण्डौ फिर्ता

दुर्गा प्रसाईं उर्फ मार्सी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष एउटै उडानमा राजधानी फर्केका छन् ।

उनीहरु आज साँझ साढे ६ बजे पोखराबाट काठमाडौं आएका हुन् । मार्सी र केसी बुध्द एअरको उडानमा साँझ राजधानी आइपुगेको बताइन्छ । केसी गृह जिल्ला बाग्लुङ पुगेर काठमाडौं फर्कनुभएको हो । मार्सी राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाभियान भन्दै जिल्ला घुमी हिँडेका छन् ।

उनले लघुवित्तका ऋणी र अन्य व्यापारी तथा व्यवसायीहरुलाई कर्जा नतिर्न, बैंकमा रकम जम्मा नगर्न र सरकारलाई बुझाउनुपर्ने कर एवम् राजस्वसमेत नतिर्न सार्वजनिक रुपमा आह्वान गर्दै समाजलाई अराजकतातर्फ धकेल्ने प्रयास गर्दै आएका छन् । तर, राज्य उनका आपत्तिजनक अभिव्यक्ति र गतिविधिप्रति मौन देखिन्छ ।

टिप्पणीहरू