मुस्लिम आयोग खारेज गर भन्दै एक बस मान्छे पुल्चोकतिर

मुस्लिम आयोग खारेज गर भन्दै एक बस मान्छे पुल्चोकतिर

हिन्दुवादी संस्था राष्ट्रिय एकता अभियानले मुस्लिम आयोगको कार्यालय अगाडि धर्ना दिएको छ । 

रामनवमी पर्वको अवसरमा भएको शोभा यात्रामा मुस्लिम समुदायले ढुंगा प्रहार गरेको घटनाको विरोधमा अभियानले नाराबाजीसहित धर्ना दिएको बताइएको छ । उक्त घटनामा आयोगले साम्प्रदायिक दंगा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै हिन्दुवादीहरुले आज दिउँसो पुल्चोकस्थित मुस्लिम आयोगको कार्यालय पुगेर धर्ना दिएका हुन् ।

 

एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा झण्डै ५० जनाको संख्यामा रहेका हिन्दुवादी धर्नाकारीहरुले ‘मुस्लिम आयोग खारेज गर’, ‘हिन्दू एकता जिन्दावाद’, ’धार्मिक अतिक्रमण बन्द गर’, ‘मुस्लिम जिहादी बन्द गर’, ‘शान्ति सुरक्षा कायम गर’, ‘जय श्रीराम’ नारा लगाएका छन् ।

त्यसअघि दमकल चोकबाट बा. ख ८३७ नम्बरको बस चढेर उनीहरु धर्नामा पुगेका हुन् ।
 

टिप्पणीहरू