बसले किचेर बालकको ज्यान लियो
बझाङमा तीन वर्षीय बालकको बसले किचेपछि ज्यान गएको छ । आज दिउँसो सदरमुकामको पक्की पुल नजिकै बसले बालकलाई किचेको बताइएको छ ।
बझाङबाट महेन्द्रनगरतर्फ जाँदै गरेकोे सु.प.प्र.०२००९ ख १११९ नम्बरको पवनदुत यातायातको बसले किच्दा सुर्मा गाउँपालिका ३ निवासी धनबहादुर बोहोराका तीन वर्षीय छोरा सरगम बोहोराको ज्यान गएको हो ।
घट्नापछि आक्रोसित स्थानीयले बस तोडफोड गरेका छन् । उनीहरुले चालक गणेश बोहोरालाई कुटपिट गरेको बताइन्छ ।
अहिले चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू