प्रचार गरिएको समय अगावै रवि लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

प्रचार गरिएको समय अगावै रवि लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको निम्ति उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको पार्टीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने बताए पनि उनी एक घण्टा अगावै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको बताइन्छ ।

उनी श्रीमती निकिता पौडेललगायत लिएर त्यहाँ पुगेका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ छन् ।  

नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले दिउँसो २ बजे र एमाले उम्मेदवार न्यौपानेले दिउँसो ३ बजे उम्मेदवारी दर्ता गर्ने बताइएको छ । 

यसअघि लामिछानेले जितेको उक्त क्षेत्रमा दोहोरो नागरिकता काण्डमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद पद खारेज भएको हो । त्यसपछि रिक्त भएको सांसदको निम्ति आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

टिप्पणीहरू