इलाममा गरियो अजिङरको उद्धार

इलाममा गरियो अजिङरको उद्धार

डिभिजन वन कार्यालय, इलामले एउटा अजिङरको उद्धार गरेको छ । इलाम नगरपालिका वडा नम्बर १० भण्डारीबेसीको गोदक टोलस्थित गंगा अधिकारीको घरमा आज बिहान सबेरै अजिङर फेला परेको थियो । 

अधिकारीको घरमा अजिङर पसेपछि स्थानीय समेत त्रसित भएका थिए । तत्काल प्रहरीलाई खबर गरेपछि उक्त अजिङरलाई प्रहरी र डिभिजन वन कार्यालयको सहयोगमा उद्धार गरेर घरबाट बाहिर ल्याइएको हो । 

उक्त अजिङगरलाई डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू