भारतीय राजदूत नयाँ मन्त्रीहरु भेट्न व्यस्त, साँझ ७ बजेसम्म सिंहदरबारमा

भारतीय राजदूत नयाँ मन्त्रीहरु भेट्न व्यस्त, साँझ ७ बजेसम्म सिंहदरबारमा

नेपालका लागि भारतीय राजदूत  दिउँसोदेखि साँझसम्म सिंहदरबारमा देखिनुभयो । राजदूत नवीन श्रीवास्तव गत साता नियुक्त केही मन्त्रीलाई भेटेर बधाई तथा शुभकामना दिने उद्देश्यले त्यता जानुभएको बताइएको छ ।

उहाँ ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्रीसँग भेटवार्ता गर्न  दिउँसो पौने ३ बजे ऊर्जा मन्त्रालय पुग्नुभएको थियो । भारतीय दूतावास स्रोतका अनुसार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग राजदूत श्रीवास्तवले झण्डै आधा घण्टा कुराकानी गर्नुभएको थियो । 

लगत्तै अर्थमन्त्रीसँग भेट्ने उहाँको कार्यक्रम मन्त्रिपरिषद् बैठकका कारण साढे २ घण्टा पछाडि सरेको थियो । त्यसपछि उहाँ साँझ साढे ६ बजे अर्थ मन्त्रालय पुग्नुभएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र राजदूत श्रीवास्तवबीच साँझ ७ बजेसम्म छलफल भएको मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू