उपराष्ट्रपति कमलपोखरी जाँदै

उपराष्ट्रपति कमलपोखरी जाँदै

उपराष्ट्रपति रामसहायप्रसाद यादव कमलपोखरी जाने हुनुभएको छ । उहाँ जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ जान लाग्नुभएको बताइएको छ ।

कमलपोखरीस्थित जैन भवनमा बिहान साढे ९ बजे जन्म कल्याण समारोह हुँदैछ । 

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सोही अवसरमा शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधनाका साथ जनकल्याणका लागि गरेको मार्गदर्शनको चर्चा गर्नुभएको छ । उहाँले महावीरका ती मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न सकिने विश्वास पनि लिनुभएको छ ।

महावीर जयन्ती हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन मनाइन्छ । मानवजीवन मोक्षको निम्ति उनले प्रतिपादन गरेका अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त विश्वभर प्रख्यात छ ।

टिप्पणीहरू