नायिकालाई यौन सम्बन्ध राखेर रकम दिएको मुद्दा लागेपछि अमेरिकी पूर्वराष्ट्रपति निजी विमान चढेर अदालतमा

नायिकालाई यौन सम्बन्ध राखेर रकम दिएको मुद्दा लागेपछि अमेरिकी पूर्वराष्ट्रपति निजी विमान चढेर अदालतमा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि लागेको फौजदारी मुद्दाको प्रतिवाद गर्न  न्यूयोर्क पुगेका छन् । उनी निजी जेट विमान चढेर फ्लोरिडाबाट न्यूयोर्कस्थित म्यानहटन जिल्ला न्यायाधिवक्ता कार्यालयमा उपस्थित भएको बताइएको छ ।

उनीविरुद्धको मुद्दालगत्तै म्यानहटनको फौजदारी अदालतसमक्ष प्रस्तुत गरिएको छ । अदालतले ट्रम्पको औँठाछाप र फोटो खिचेपछि मुद्दाको सुनुवाई हुने बताइएको छ । तर ट्रम्पलाई हतकडी भने नलगाइने रोयटर्सले जनाएको छ ।

ट्रम्पविरुद्धको अभियोगपत्रमा उनीविरुद्ध व्यावसायिक धोखाधडीसँग सम्बन्धित ३० भन्दा बढी कसूर लगाइएको छ । अश्लिल फिल्मकी पूर्वनायिका स्टोर्मी ड्यानियल्सलाई यौन सम्बन्धपछि १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग सबैभन्दा चर्चित छ । 

७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लागेका पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् । उनले आफूविरुद्ध आगामी वर्षको राष्ट्रपति निर्वाचनमा छेकबार लगाउन प्रपञ्च रचेको बताएका छन् ।

टिप्पणीहरू