रवि लामिछानेविरुद्ध चार वटा उजुरी

रवि लामिछानेविरुद्ध चार वटा उजुरी

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भन्दै रवि लामिछाने विरुद्ध चार वटा उजुरी परेका छन् । चितवनको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका लामिछानेविरुद्ध निर्वाचन कार्यालय चितवनमा आज चारवटा उजुरी परेको बताइएको छ ।

तीमध्ये एउटा उजुरी इमेलबाट, एउटा राष्ट्रिय जनमोर्चाले र बाँकी दुईवटा स्वतन्त्र उम्मेदवारले हालेका हुन् । रविको उम्मेदवारी संविधानको धारा २९१ उल्लेख गर्दै विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले नेपालको कुनै पनि पदमा निर्वाचित मनोनित हुनका लागि त्यस्तो अनुमतिपत्र त्यागेको तीन महिना पुगेको हुनुपर्ने भन्दै उजुरी परेको हो ।

चितवनमा अन्य उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू