विश्वमा डलर र युरोजस्तै नयाँ मुद्राको तयारी

विश्वमा डलर र युरोजस्तै नयाँ मुद्राको तयारी

अमेरिकी डलर र युरोलाई विश्वमा सबैभन्दा धेरै विश्वासिलो मुद्राको रुपमा लिइन्छ । विकसित मुलुकका अधिकांश मुद्रालाई स्वीकार्य भनिए पनि विश्वका अधिकांश मुलुक, व्यापारी र लगानीकर्ताले अमेरिकी डलर र सुनलाई मात्र सबैभन्दा धेरै विश्वास गर्ने गर्छन् । 

केही वर्षदेखि रुसलगायत पाँच वटा उदाउँदो अर्थतन्त्र भनिएका मुलुकको साझा संस्था ब्रिक्सले पनि साझा मुद्राको तयारी थालेका छन् । उक्त समूहमा ब्राजिल, रुस, भारत र चीन संलग्न छन् । ती मुलुकका अंग्रेजी नामको पहिलो अक्षरबाट ब्रिक्स भनिएको हो । 

उनीहरुले निश्कासन गर्ने भनिएको नयाँ मुद्रा सम्बन्धी समाचारले विश्वमा हलचल ल्याएको छ । विशेषगरी विश्व अर्थतन्त्रमा यसले पार्ने प्रभावको बारेमा अनेक चर्चा गर्न थालिएको हो ।

टिप्पणीहरू