ओली र माधव नेपाल सिमरा जाने

ओली र माधव नेपाल सिमरा जाने

एमाले अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष काठमाडौंबाट सिमरा जाँदै हुनुहुन्छ । तर, उहाँहरु नौ घण्टाको फरकमा आज त्यता जान लाग्नुभएको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली यति एअरलाइन्सको उडानमा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुद्ध एअरको उडानमा राजधानीबाट सिमरा जान लाग्नुभएको हो ।

अध्यक्ष ओली अहिले बिहान ९ बजे गएर दिउँसो साढे ३ बजे काठमाडौं फर्कनुहुनेछ । त्यसपछि उहाँ यति एअरलाइन्सको उडानमा साँझ साढे ५ बजे भैरहवा जाने बताइएको छ ।

अध्यक्ष माधवकुमार नेपाल भने बुध्द एयरको उडानमा आजै साँझ ६ बजे सिमरा जाने कार्यक्रम छ । 

एमाले उपाध्यक्ष विष्णु पौडेल बिहान पौने १० बजे श्री एयरलाइन्सको उडानमा भैरहवा जान लाग्नुभएको एमाले स्रोतले बताएको छ ।

टिप्पणीहरू