हवाई भाडा धनगढीको ४४० र भरतपुरको ११० रुपैयाँ सस्तो

हवाई भाडा धनगढीको ४४० र भरतपुरको ११० रुपैयाँ सस्तो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले आजदेखि हवाई भाडा समायोजन गरेको जनाएको छ ।

हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ कटौती भएपछि काठमाडौँबाट जाने उडानमध्ये धनगढीतर्फ एकतर्फी ४ सय ४० रुपैयाँ भाडा कम भएको छ । 

त्यस्तै काठमाडौँबाट भद्रपुरतर्फ ३ सय, विराटनगरमा २ सय ४०, जनकपुरतर्फ एक सय ३०, पोखराका एक सय ५५ र भरतपुरको भाडामा सबैभन्दा कम एक सय १० रुपैयाँ घटेको छ । 

यस्तै भैरहवाको उडानम २ सय ५, नेपालगञ्जतर्फ ३ सय २५ र सुर्खेतमा ३ सय ४५ रुपैयाँले हवाई भाडा घटेको जनाइएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडामा ३ सय ४५  रुपैयाँ घटाइएको छ ।

टिप्पणीहरू