रवि लामिछानेको मुद्दाको सुनुवाई सकियो, आदेश पर्खंदै

रवि लामिछानेको मुद्दाको सुनुवाई सकियो, आदेश पर्खंदै

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ सकिएको छ ।

युवराज पौडेल सफलले दायर गरेको रिटमाथि आज सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो । यसअघि हिजो न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मुद्दाको पेसी तोकिएकोमा हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो । त्यसपछि आजका लागि सुनुवाई तोकिएको हो ।

सुनुवाइ सकिएकाले आजै आदेश आउने अपेक्षा गरिएको छ ।

चितवन–२ बाट उपचुनाव लड्न लागेका लामिछानेको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी परेको थियो । त्यसउपर जाँचबुझ गरी कार्यालयले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

टिप्पणीहरू