भारतीय विधायक स्थलमार्गबाट छिर्ने, भैरहवाबाट उड्ने

भारतीय विधायक स्थलमार्गबाट छिर्ने, भैरहवाबाट उड्ने

भारतको उत्तर प्रदेशका एक जना विधायक आज भैरहवाबाट विमानमा काठमाडौं आएका छन् । सांसद जटाशंकर त्रिपाठी स्थलमार्ग हुँदै भैरहवा आएका थिए । त्यहाँबाट बुद्ध एअरको उडानमा आज दिउँसो पौने ३ बजे काठमाडौं आइपुगेका हुन् ।

त्रिपाठी कुशिनगरबाट सडकमार्ग हुँदै बेलहिया नाका आइपुगेको र त्यहाँबाट भैरहवा विमानस्थल पुगी बुद्ध एअरको उडानमा काठमाडौं आइपुगेको भारतीय दूतावास निकट स्रोतको दाबी छ ।

गोरखपुरमा जन्मेका त्रिपाठी भारतीय जनता पार्टीको तर्फबाट कुशिनगर,खड्डा क्षेत्रका विधायक हुन् ।

टिप्पणीहरू