एमाले अध्यक्ष र धरानका मेयर दुबै फर्कनुभयो

एमाले अध्यक्ष र धरानका मेयर दुबै फर्कनुभयो

एमाले अध्यक्ष केपी शर्मा ओली सिमराबाट काठमाडौं आउनुभएको छ । उहाँ यति एअरलाइन्सको उडानमा साँझ पौने ६ बजे काठमाडौं विमानस्थलमा ओर्लनुभएको बताइएको छ ।

उहाँ आगामी बैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा आयोजित चुनावी सभामा भाग लिन आधा दर्जनभन्दा बढी नेताहरुसहित आज बिहान बाराको गढीमाई जानुभएको थियो । यता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि काठमाडौंबाट गृहनगर फर्कनुभएको छ । उहाँ बुद्ध एअरको उडानमा साँझ सवा ६ बजे विराटनगर प्रस्थान गर्नुभएको हो । 

धरानको खानेपानी र विभिन्न विकास निर्माणबारे संघीय सरकारका मन्त्री र सचिवहरुसँग भेटघाट गर्न मेयर तीन दिनअघि काठमाडौं आउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन साहलगायतसँग भेटघाट गरेको बताइएको छ ।

टिप्पणीहरू