एनजिओमार्फत दिल्ली गएका सांसदहरु मुम्बई हुँदै वापस

एनजिओमार्फत दिल्ली गएका सांसदहरु मुम्बई हुँदै वापस

१४ गते एनजिओको निम्तो मान्न भारत गएका सांसदहरुको जम्बो टोली स्वदेश फर्केको छ । एक दर्जन सांसद साताव्यापी भारत भ्रमण सकेर आज साँझ पौने ७ बजे नेपाल वायुसेवाको उडान नम्बर आरए २०२ उडानमा मुम्बईबाट आएका हुन् । टोलीमा प्रतिमा गौतम, मैना कार्की,सीता मिजार, शान्ति बिक,मेनुका पोखरेल र बलराम अधिकारी थिए ।

त्यसैगरी नारायण आचार्य,सराज अहमद फारुख,माधव सापकोटा, मीना तामाङ, ढाकाकुमार श्रेष्ठ र शेरबहादुर कुँवरलगायत दिल्ली जाने टोलीमा थिए ।

टिप्पणीहरू