चीनका किसानलाई चियापत्ति टिप्न भ्याइनभ्याइ

चीनका किसानलाई चियापत्ति टिप्न भ्याइनभ्याइ

चीनको ग्रामीण क्षेत्रका किसान यतिखेर चिया टिप्नमा व्यस्त छन् । दक्षिणपश्चिम चीनको कुइचौ प्रान्तको मेइतान काउन्टीका किसान चिया टिप्न भ्याइनभ्याइ अवस्थामा देखिन्छन् । 

झण्डै ४० हजार हेक्टर क्षेत्रफल ओगटेको त्यहाँको चिया बगानले स्थानीय किसानलाई आत्मनिर्भर पनि बनाएको छ । चियाखेती स्थानीय ग्रामीण अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण स्तम्भ बनेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

नजिकै छिङमिङ महोत्सव शुरु भएपछि चिया बगानमा किसानहरुको लर्को लागेको हो । यतिखेर सो क्षेत्रका हरेक किसान खेतबारीमा रमाइरहेका देखिन्छन् । उत्तरी चीनको हपेइ प्रान्तका गाउँमा भने गहुँ काट्ने सिजन शुरु भएको छ ।

स्रोत  : सिन्ह्वा

टिप्पणीहरू