आरआरको चुनाव फेरि सर्यो
काठमाडौँको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु चुनाव फेरि सरेको छ । हिजो बसेको निर्वाचन समितिको बैठकले पूर्वनिर्धारित निर्वाचन कार्यक्रममा परिमार्जन गर्दै नयाँ मिति तोकेको हो ।
यसअघि चैत ५ गते तय भएको निर्वाचन विद्यार्थी संगठनको तालाबन्दीका कारण स्थगित भएपछि चैत २६ गतेका लागि तोकिएको थियो । त्यसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भैसकेको थियो । तर, निर्वाचन समितिले पुन: चुनावको मिति चार दिन पछि सारेको हो ।
निर्वाचन अधिकृत प्रमिला विडारीले बिहीबार बसेको निर्वाचन समितिको बैठकले चैत ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार निर्वाचनका निम्ति आज चैत २४ र २५ गते प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
त्यस्तै, चैत २६ गते उम्मेदवारहरुको नामावली उपर दाबी विरोध गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।
टिप्पणीहरू