ट्विटरमा चरो र कुकुरको लुकामारी
सामाजिक सञ्जाल ट्विटरको लोगो तीन दिनमा पुनः परिवर्तन गरिएको छ । विश्वका दोस्रो धनी एलन मस्कले ट्विटरको लोगोको रुपमा रहँदै आएको नीलो चरा एकाएक परिवर्तन गरिदिएका थिए । उनले तीन दिनअघि नीलो चराको ठाउँमा पहेँलो रंगको कुकुरलाई ट्विटरको लोगो बनाइएदिएका हुन् ।
तर तीन दिनमै उनले नीलो चरालाई लोगोका रुपमा राखिदिएका छन् । उक्त कुकुरको तस्बिर जापानी प्रजातिको कुकुर ‘शिबा इनु’ हो । उक्त कुकुरको तस्बिर डोजक्वाइन डिजिटल मुद्राले प्रयोग गरेको पाइएपछि मस्क अप्ठेरोमा परेका हुन् ।
यी सबै घटनाबारे ट्विटरले आधिकारिक जानकारी भने दिएको छैन ।
टिप्पणीहरू