नेपाली सेनाको साइबर स्पेशमा हमला, हमलाकारी सागर ढकाल पक्राउ

नेपाली सेनाको साइबर स्पेशमा हमला, हमलाकारी सागर ढकाल पक्राउ

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको अभियोगमा स्याङ्जा वालिङका २१ वर्षे सागर ढकाल पक्राउ परेका छन् । पोखरा १६, बाटुलेचौर निवासी ढकालले पटक पटक उक्त स्पेशमा हमला गरेको बताइएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार हिजो पोखराबाट पक्राउ परेका उनीमाथि हमलाको अनुसन्धान,प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त गैर कानुनी कार्य भएको ठहर छ । 

ब्यूरोले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा आज जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपेर थप अनुसन्धान थालेको जनाएको छ ।

टिप्पणीहरू