चीनबाट आएको सिचुवान एअरलाइन्सको विमान उतै फिर्ता

चीनबाट आएको सिचुवान एअरलाइन्सको विमान उतै फिर्ता

चिनियाँ सिचुवान एअरलाइन्सको विमान काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि उतै फर्केको छ । आज छेन्दु शहरबाट आएको उडान नम्बर ३ यु ३९० को विमान खराब मौसमको कारण देखाउँदै उतै गएको हो ।

दिउँसो साढे ३ बजे अवतरण गर्नुपर्ने विमान खराब मौसमका कारण चीन फर्केको र यहाँबाट साढे ४ बजे उड्न ठिक्क परेका यात्रुलाई विमानस्थल नजिकैको होटलमा लगिएको बुझिएको छ ।

विमानस्थल स्रोतका अनुसार विमान राति ८ बजे काठमाडौं आउनेछ । त्यसपछि राति ९ बजे छेन्दु प्रस्थान गर्ने नयाँ सेड्युल छ ।

टिप्पणीहरू