रवि लामिछानेका माननीयद्वारा संसदमा मौनधारण

रवि लामिछानेका माननीयद्वारा संसदमा मौनधारण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा मौन धारण गरेका छन् ।

सांसदहरुले संसदमा उठाएका अधिकांश विषयप्रति सरकार गम्भीर नभएको र सांसदको कुरो नसुनेको भन्दै उनले शून्य समयमा विरोधस्वरुप आज मौनधारण गरेका हुन् । 

नियमानुनसार सांसदहरुलाई शून्य समयमा बोल्न एक मीनेटको समय दिइन्छ । त्यही एक मीनेटको प्रयोग गरेर उनले आफ्नो सीटबाट उभिएर हातमा माइक लिँदै मौनधारण गरेका थिए । मौनधारणबारे ढकालले भनेका छन्,‘सरकारले हाम्रो कुरो सुनेन, त्यसैले मौनधारण गरेँ ।’

टिप्पणीहरू