सिन्ह्वाको क्यामराले कैद गरेको बालाजु बाइसधारा मेला
स्राेत : सिन्ह्वा
बालाजुको बाइसधारा मेला हिजो सम्पन्न भएको छ । बैशाख स्नान पर्वको रुपमा प्रख्यात बाइसधारा मेलामा श्रद्धालु भक्तजनहरुको घुईंचो थियो ।
उनीहरुमध्ये धेरैले त्यहाँ रहेका २२ वटा धारामा स्नान र पूजा गरेका थिए । केहीले नागार्जुनको टुप्पोमा रहेको जामाचोमा पुगेर समेत पूजाआजा गरेका थिए ।

पूर्णिमाको दिन पर्ने यो पर्व काठमाडौं उपत्यकाका नेवार समुदाय र वरिपरिका जिल्लामा रहेका तामाङ समुदायबीच निकै लोकप्रिय छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुले बाइसधारा मेलालाई उत्तिकै महत्व दिएको पाइन्छ ।


टिप्पणीहरू