किन फर्कन्थ्यो ‘महाराज’को मन ?

किन फर्कन्थ्यो ‘महाराज’को मन ?

‘महाराजको मन’ अझै फर्किएन, त्यसैले मागेको समय मिल्दैन ! राप्रपा महाधिवेशनताका आफूलाई निर्मल निवासले चुनाव हराएको भन्ने कमल थापा अहिले राप्रपाकै नाममा अर्को पार्टी चलाइरहेका छन् । यतिबेलासम्म उनले त्यतिबेलाका ‘गल्तीहरु’ महसूस गरिसके । तर, पत्याउनुपर्नेले पत्याइरहेका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्नका लागि तीनपटक समय मागे ।

तर, मिडियामा होहल्ला गरी–गरी भेट्न चाहनेलाई समय दिने कि नदिने भन्दै अहिलेसम्म उनको समय मिल्न सकेन । त्यसो त विभिन्न टेलिभिजनमा दिएका अन्तर्वार्तामा पनि उनले पूर्वराजाको खुलेर प्रशंशा गरिरहेका छन् । ‘म राजावादी हुँ, मेरो रगतमा राजा नै बग्छ, तर कहिलेकाँही कार्यनीति फरक भइदिन्छ’ भन्ने गरेका छन् । तर, एकचोटि फाटेको ‘राजाको’ मन त्यसै किन फर्किन्थ्यो र ?

गत चैत ६ गते उनको पार्टी कार्यालयमा कार्यसम्पादन समितिको बैठक थियो । त्यहाँ पनि भने, ‘राजालाई चिढ्याउनु हुँदैन ।’ दुर्गा प्रसाई बैंकको ऋण नतिर्ने आन्दोलन राम्रो भएको भन्दै उक्त आन्दोलनका कारण राप्रपाका कार्यकर्तामा उत्साह थपिएको उक्त बैठकको ठहर छ । 

कमल थापाको अर्को कोशिश छ, लिङ्देन नेतृत्वको राप्रपालाई विभाजित गराई पशुपतिसमशेर राणालाई उपप्रधानमन्त्री बनाउने ! उक्त पार्टीका सांसदमध्ये धेरैजसो पशुपतिसमशेरपक्षीय छन् । अघिपछि मिल्नै नसक्ने पशुपति र डा.प्रकाशचन्द्र लोहनी पनि यतिबेला मिलेका छन्, लिङ्देनको कार्यशैलीका कारण । 
 

टिप्पणीहरू