रक्षामन्त्री घोप्टो पर्दा सैनिक अंगरक्षक हेरेको हेर्यै

रक्षामन्त्री घोप्टो पर्दा सैनिक अंगरक्षक हेरेको हेर्यै

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विमानबाट ओर्लेपछि सुर्खेत एअरपोर्टमा एकाएक घोप्टिनुभएको छ । उहाँले विमानबाट ओर्लनासाथ घुँडा टेकेर जमिनमा ढोग्नुभएको बताइन्छ । 

उपप्रधान तथा रक्षामन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुग्नुभएका खड्काले आज बिहान बुद्ध एअरको विमानबाट ओर्लेपछि भुईंमा ढोग्नुभएको हो । मन्त्रीले एक्कासी घुँडा दोबारेपछि सँगै रहेका अंगरक्षक, स्वागतको निम्ति पुगेका प्रहरी र अन्य सहयोगी ट्वाल्ल परेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त फोटोबारे विभिन्न टीका टिप्पणी भएको छ । चक्र दवाडीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यत्रो उपप्रधानमन्त्री भएपछि त्यो एअरपोर्टको पिच खनेर अलिकति माटो निकाल्न लगाई निधारमा ल्याएर ढोगेको भए भइहाल्थ्यो नि ! आफैँ निहुरिएर ढोग्नुपर्छ त ! काजिराम गौतमले जन्मभूमिलाई ढोग्नु ठीक भए पनि मुलुकभित्रैको एउटा जिल्लामा जाँदा मात्र देश सम्झनुलाई तमाशा भनेका छन् ।

रातो ज्वारीकोट र ढाका टोपीमा सजिएका उनै मन्त्रीले लगत्तै आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मन्त्री पठाउने विषयमा पार्टीभित्र विवाद छैन । आन्तरिक छलफल भइरहेको छ ।’ 

टिप्पणीहरू