रातभर जागेर बिहान समातियो भारत लैजान लागेको १८० किलो गाँजा

रातभर जागेर बिहान समातियो भारत लैजान लागेको १८० किलो गाँजा

जसरी पत्रकारलाई समाचार पाउन स्रोतको जरुरी हुन्छ, त्यस्तै अपराध अनुसन्धानमा अगाडि बढ्न प्रहरीको सबैभन्दा पहिलो महत्वपूर्ण हतियार सुराक हो । सुराकीको बलमा प्रहरीले ठूलाठूला अपराधीलाई पनि कानुनको कठघरामा ल्याएर उभ्याएका छन् । हिजो बिहान पनि सुराकीकै आधारमा प्रहरीले चितवनमा झण्डै दुई सय किलो गाँजा बरामद गर्न सफल भएको छ । 

भारतीय गाडीमा लोड गरी ठूलै परिमाणमा लागु औषध गाँजाको तस्करी अघिल्लो दिन नै हुन लागेको सूचना प्रहरीले पाएको थियो । तर प्रहरीलाई छल्न हुन सक्छ, त्यो दिन त्यो ट्रक बाटोमा निस्किँदै निस्केन । सबैजसो ठूला अनि जटिल आपराधिक घटनाहरुको निष्कर्षमा पुगेर दोषी पत्ता लाउन र पक्राउ गर्न अहोरात्र खटिँदै आएका अपराध अनुसन्धानका उत्कृष्ट निरीक्षक सुवास भट्टकै कमाण्डमा प्रहरी टोली परिचालित थियो । 

रातभर जागेर भएपनि ड्युटीमा तैनाथ प्रहरी टिमले बिहान साढे ६ बजे द्यच्(ण्टन् द्दज्ञद्दड नं. को भारतीय ट्रकको क्याबिनमा लुकाइछिपाइ ल्याएको १८० किलो गाँजा च्याप पार्न सफल भएको हो । उक्त भारी मात्राको गाँजा अनि ओसारपसारमा संलग्न ट्रक र ट्रक चालक भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने ३० वर्षीय कुन्दन पटेललाई हिजो बिहान नियन्त्रणमा लिएको चितवन प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । त्योबेला ट्रक चालक एक्लै भेटिए । यसमा अरु को को संलग्न छन् ? प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसका लागि अदालतबाट हिजै म्याद थप गरिसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उक्त गाँजा लोथरबाट भारत लैजान लागेको बुझिएको छ । 


 

टिप्पणीहरू