बालुवाटार र बालकोटमा को-को सँग बातचित ?

बालुवाटार र बालकोटमा को-को सँग बातचित ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र एमाले अध्यक्षको निवास बालकोटमा आज बिहान राजनीतिक भेटघाट भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भोलिदेखि देश दौडाहामा निस्कन लाग्नुभएका उपप्रधान तथा गृहमन्त्री एवम् पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको कुराकानी भएको थियो । 

प्रधानमन्त्रीसँग भेटवार्ताको निम्ति श्रेष्ठ बिहान सवा १० बजे बालुवाटार जानुभएको हो ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आज बालकोटस्थित निवासमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीसँग कुराकानी गर्नुभएको छ । उहाँहरुबीच बिहान साढे १० बजेदेखि झण्डै एक घण्टा छलफल भएको एमाले स्रोतले बतायो ।

टिप्पणीहरू