सोल्टी होटलको काम सकेर उपराष्ट्रपति जनकपुर,गृहमन्त्री सोझै  पोखरा

सोल्टी होटलको काम सकेर उपराष्ट्रपति जनकपुर,गृहमन्त्री सोझै  पोखरा

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर जानुभएको छ । उहाँ अपरान्ह सवा ४ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

यसअघि आजै दिउँसो होटल सोल्टी पुग्नुभएको थियो । अग्रवाल सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दिउँसो २ बजे ताहाचलस्थित होटल सोल्टी जानुभएको हो ।
आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ साँझ पोखरा जानुभएको छ । उहाँ पनि बुद्ध एयरको उडानमा साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

आज बिहान उपप्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको निरीक्षणमा जानुभएको थियो । त्यहाँ रहेका सरोकारवाला निकायका प्रमुखहरुसँग भेटघाट गरेपछि उहाँले वैदेशिक रोजगारमा विदेश जान लागेका दुई जना नेपालीसँग भेटेर कुराकानी गर्नुभयो ।

टिप्पणीहरू