संसदका दुबै सभाको बैठक दिउँसो १ बजे

संसदका दुबै सभाको बैठक दिउँसो १ बजे

संघीय संसदका दुबै सभा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ ।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पनि पेस गर्नुहुने छ ।
 

टिप्पणीहरू