पूर्वमन्त्रीको अश्लिल भिडियो के हो ? भन्दै जनमतको अफिसमा महिलाको ताँती
पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले एक महिलासँग गरेको अश्लिल कुराकानीको भिडियोबारे सत्यतथ्य छानबिनको माग गर्दै महिलाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
बुद्धनगरस्थित जनमत पार्टीको सम्पर्क कार्यालय अगाडि हिन्दू अभियन्ता बताउने राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी डेढ दर्जन महिलाले नाराबाजी गर्दै भिडियोको सत्यता छानबिन गरेर नेता खानमाथि कारबाहीको माग राखेका छन् ।
जनमतका नेता खानले एक महिलासँग अश्लिल हर्कत गरेको भिडियो गत साता सार्वजनिक भएको थियो । भारतीय गिरोहको ‘सेक्स ट्रयाप’ मा परेका उनको भिडियो यतिबेला सामाजिक सञ्जालको ‘प्राइभेट ग्रुप’ मा भाइरल भएको छ ।
युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले खानसँग केही दिन व्यावसायिक कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरेर अश्लील हर्कत थालेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।
टिप्पणीहरू