गाँजा र अफिम फुल्ने जमिनमा राताम्मे स्ट्रबेरी

गाँजा र अफिम फुल्ने जमिनमा राताम्मे स्ट्रबेरी

अफगानिस्तानका किसान यतिबेला स्ट्रबेरी टिप्न व्यस्त छन् । पूर्वी नान्गाहार प्रान्तका किसानहरुलाई स्ट्रबेरी टिप्न र प्याक गर्न भ्याइनभ्याइ छ । 

स्ट्रबेरीलाई होशियारीपूर्वक रुपमा टिप्दै र प्याकिङ्ग गर्दै किसानहरु मीठो फलको खेतमा आनन्द लिइरहेका देखिन्छन् । अफगानिस्तानमा स्ट्रबेरीको बजार ठूलो रहेको चिनियाँ समाचार समिति सिन्ह्वाको समाचार उल्लेख छ ।

 

फलफूल खेतीले त्यहाँका स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याएको छ । रोजगारीका साथै उनीहरुले उचित नाफा पाएको बताइन्छ । गाँजा र अफिम खेती हुँदै आएको खेतमा स्ट्रबेरी उत्तम विकल्प बनेको हो । स्ट्रेबरी खेती दुई तरिकाबाट गरिन्छ । अफगानिस्तानमा धेरै उजाड जमिन भएकाले हरितगृहमा राखेर स्ट्रेबरी उब्जाउने गरिएको छ ।

 

अफगान किसानहरुले हालसालै मात्र स्ट्रबेरी खेती गर्न थालेका हुन् । यसले उनीहरुलाई आर्थिक जोहोमा सहयोग पुर्याएको छ ।

फोटो : सिन्ह्वा 

टिप्पणीहरू