मार्सीसँग ढाकाका भाइले गरेको फोनवार्ता पनि छरपस्ट,साँसद खुस्किने पक्का
दुई करोड घुस काण्डमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठपछि उनका भाइले मेडिकल माफिया दुर्गा प्रसाईं उर्फ मार्सीसँग गरेको टेलिफोन वार्ता बाहिरिएको छ । हिजो दाइलाई पार्टीले कारबाही गरेपछि आज भाइले प्रसाईंसँग सहयोगको याचना गरेका छन् ।
गत पुसमा स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरुले २ करोड रुपैयाँ खोजेको भन्दै दुर्गा प्रसाईंसँग ढाकाकुमारले सहयोग मागेका थिए । प्रसाईंले पनि आफ्नो काम गर्ने शर्तमा उक्त रकम उपलब्ध गराइदिने वचन दिएको अडियो सार्वजनिक भएको थियो ।
अडियोमा सुनिएको वार्तालापको चौतर्फी विरोध भएपछि रवि लामिछानेको निर्देशनमा रास्वपाले हिजो नै सांसद ढाकाकुमारलाई निलम्बन गरेको छ । उनीविरुध्द स्वयम् लामिछानेले अख्तियार र प्रहरी गुहार्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
तर,आज सार्वजनिक भएको अर्को अडियोमा श्रेष्ठका भाइसँग प्रसाईंले २ करोडको प्रस्ताव गर्नेभन्दा २ करोड मागेर मन्त्री बनाउन खोज्नेहरु दोषी रहेको उल्लेख गरेका छन् । पार्टीले कारबाही गरेपछि सांसद पद जाने,पार्टीको साधारण सदस्यसमेत नरहने पक्का भएको उल्लेख गर्दै भाइले प्रसाईंसँग संवाद शुरु गरेपछि मार्सीले माग्ने ढाकाको भन्दा २ करोड माग्न लगाउने नेतृत्वको गल्ती बढी भएको बताएका छन् ।
ढाकाको भाइले ‘यसो बुझिदिनुपर्यो’ भनेपछि प्रसाईंले ‘मैले के गर्नुपर्यो भन्नुस् न त’ भनेका छन् । ढाकाको भाइले भेट्न खोजेको बताएपछि उनले आफू वीरगञ्जको कार्यक्रममा रहेको जानकारी दिएर भरे भेट्न प्रस्ताव गरेका छन् । संवादको क्रममा प्रसाईंले ‘रवि लामिछानेहरु लुट्न’आएको उल्लेख गरेका छन् । उनले ती भाइसँग सोधे, ‘मलाई एउटा चित्त नबुझेको कुरो । सांसद बनाउँदा र मन्त्री बनाउँदा पनि पैसो लिने पार्टी अध्यक्षहरुको काम ठीक भएन ।’
टिप्पणीहरू