ब्यारेक सारेर विमानस्थल विस्तार

ब्यारेक सारेर विमानस्थल विस्तार

भरतपुर विमानस्थल विस्तारका कारण नेपाली सेनाको ब्यारेक सार्नुपर्ने भएको छ । विमानस्थलको उत्तर–पश्चिमतर्फ रहेको सेनाको ब्यारेकलाई सार्न लागिएको बताइन्छ ।

भरतपुर विमानस्थल नजिकै सेनाको घोडा प्रजनन केन्द्र र गणलाई अन्यत्र सार्ने तयारी थालिएको हो । धावन मार्ग विस्तार गर्ने क्रममा घोडा प्रजनन केन्द्रलाई गणेशस्थानको जंगल र सेनाको कालीबहादुर गणलाई देवघाट जाने बाटो नजिकैको दियालो बङ्गलामा स्थानान्तरण गर्न लागिएको जानकारी दिइएको छ ।

विमानस्थल ५८ बिघामा फैलिएको छ । धावनमार्ग विस्तारमा सेनाको २० बिघामध्ये १९ बिघा जमिन पर्ने भएको छ । बाँकी जमिनमा सेनाको ह्याङ्गर र उद्यान बनाइने छ ।
 

टिप्पणीहरू