स्मार्ट टेलिकमको सेवा चुस्त बनाउन निर्देशन

स्मार्ट टेलिकमको सेवा चुस्त बनाउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएको छ ।

प्राधिकरणले स्मार्ट टेलिकमका सेवाहरु देशका केही स्थानमा नचलेको गुनासो आएको भन्दै यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सेवा प्रदायकहरुलाई सो निर्देशन दिएको हो । आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएको दूरसञ्चार यसका सेवा प्रदायकले अनुमतिपत्र बहाल रहँदासम्म नियम कानूनको पालना गर्दै निरन्तर सेवा सञ्चालन गर्नुपर्ने बताएको छ । 

‘दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रुपमा वर्गीकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म नियम कानूनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा सञ्चालन गर्नुपर्ने दायित्व रहन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ, ‘अतः अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीहरुले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दूरसञ्चार सेवा चुस्तदुरुस्त रुपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिइएको छ ।’

टिप्पणीहरू