गृहविहीन गृहमन्त्री

गृहविहीन गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बल्ल बल्ल थप मन्त्रिमण्डल विस्तार गर्न सफल हुनुभएको छ । यसलाई उहाँको सय दिने कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि मान्न सकिन्छ । यो अवधिमा उहाँले मन्त्रिमण्डलबाहेक अरु केही पनि विस्तार गर्न सक्नुभएको छैन । यही पनि बल्ल बल्ल विस्तार भएको छ । 

यो विस्तारमा पनि गृहमन्त्रीचाहिँ यस्तो मान्छेलाई बनाउनुभएको छ जसको अहिलेसम्म गृह नै बसेको छैन । अर्थात कमरेड श्री नारायणकाजी श्रेष्ठ । वैवाहिक अवस्था – सिंगल । जसको अहिलेसम्म न आफ्नो गृह छ, न गृहिणी । एकपटक अस्थायी गृहिणीको चर्चा त चलेको थियो । तर गृह व्यवस्था भनेको अस्थायीले चल्दैन । स्थायी रुपमा एउटै पनि गृहिणी उहाँसँग छैन । 

योभन्दा अघि जो गृहमन्त्री हुनुहुन्थ्यो, उहाँको भने एउटा होइन, दुइटा होइन, चार चार वटा गृहिणी थिए । कसैको गृह व्यवस्था भद्रगोल, कसैको गृह व्यवस्थै व्यवस्थित । यस्ता मानिसहरू गृहमन्त्री भएका छन् । अनि कसरी बलियो हुन्छ गृह प्रशासन ? देशको गृह सम्हाल्नु अघि घरको गृह त सम्हाल्न सक्नु प¥यो नि !
 

टिप्पणीहरू