उपाध्यक्षपछि सचिवले पनि राप्रपा छोडे
पूर्वपञ्चहरुको पार्टी राप्रपा मकवानपुरका सचिव विजयसिंह ठकुरीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राप्रपाको युवा संगठनका जिल्ला सचिव, विद्यार्थी संगठनको अध्यक्ष हुँदै पार्टी प्रशिक्षण विभाग प्रमुख, रेडक्रम तथा स्वास्थ्य विभाग प्रमुखको समेत जिम्मेवारी निर्वाह गरिसकेका उनले आज ती सबै भूमिकाबाट आफूलाई अलग गरेको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत पार्टी छोडेको जानकारी गराउँदै उनले अब स्वतन्त्र रहने बताएका छन् । उनले कुनैपनि पार्टीको साधारण सदस्यसमेत नरहने समेत उल्लेख गरेका छन् ।
‘राप्रपाको युवक संगठन जिल्ला सचिव, विद्यार्थी संगठन जिल्ला अध्यक्ष हुँदै पार्टी प्रशिक्षण विभाग प्रमुख, रेडक्रस तथा स्वास्थ्य विभाग प्रमुख र जिल्ला सचिव हुँदै गर्दा साथ र सहयोग गर्ने र नगर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै, आजबाट एक स्वतन्त्र देशभक्त नागरिक भएर बस्ने निर्णय गरेको छु’, ठकुरीले लेखेका छन् ।
त्यस्तै, उनले चुनावको बेलामा गरेका वाचाप्रति सँधै वफादार रहने प्रतिबद्धता समेत गरेका छन् । यसअघि राप्रपा मकवानपुरका उपाध्यक्षले हिजोमात्रै पार्टी छोडेका थिए ।
टिप्पणीहरू