क्षेप्यास्त्र परीक्षणमा उत्तर कोरियाको अर्को सफलता,अमेरिकासम्म हान्ने दावी

क्षेप्यास्त्र परीक्षणमा उत्तर कोरियाको अर्को सफलता,अमेरिकासम्म हान्ने दावी

उत्तर कोरियाले हालसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । ठोस–इन्धन प्रयोग हुने उक्त क्षेप्यास्त्रको पहिलो अन्तरमहादेशीय परीक्षण गरिएको प्योङ्याङले जनाएको छ । 

यसअघि छोटो दूरीमा प्रहार गरिने क्षेप्यास्त्रमा मात्रै ठोस इन्धनको प्रयोग हुने गर्थ्यो । पछिल्लो अन्तरमहादेशीय क्षेप्यास्त्रमा पनि उक्त इन्धनको प्रयोग गरिएको उसको दाबी छ ।

तरल इन्धन प्रयोग हुने क्षेप्यास्त्रभन्दा ठोस इन्धनयुक्त क्षेप्यास्त्रको प्रहार  क्षमता र गति दुबै हिसाबले तीब्र रहेको परीक्षणपछि बताइएको छ । हतियार विज्ञहरुले यसबाट बन्ने क्षेप्यास्त्रले आगामी दिनमा उत्तर कोरियाबाट सोझै अमेरिकामाथि आक्रमण हुनसक्ने अवस्था बनेको निश्कर्ष निकालेका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले पनि उक्त क्षेप्यास्त्रलाई एउटा चामत्कारिक सफलता भनेको छ । 

क्षेप्यास्त्र हिजो परीक्षण गरिएको हो । उत्तर कोरियाली नेता किम जोङ उन,उनकी श्रीमती,छोरी र बहिनी परीक्षण अवलोकनको निम्ति पुगेको बताइन्छ । क्षेप्यास्त्र परीक्षणपछि किमले भने, ‘शत्रुहरु भय र चिन्ताग्रस्त बनेका छन् ।’

टिप्पणीहरू