एमालेको कार्यक्रममा सिस्नु हानाहान
नेकपा एमालेका नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर विसु पर्व मनाएका छन् । सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा विशु पर्व विशेष कार्यक्रममा नेताहरुले मञ्चमै सिस्नुले हानेका हुन् ।
कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टलगायत नेताहरूले सिस्नु लगाएर मनोरञ्जन लिएको बताइन्छ । नेताहरु मञ्चमा सिस्नु हानाहान गरेर खेल्न थालेपछि हलमा रहेका कार्यकर्ताले पनि त्यसको सिको गरेका थिए ।
विशु सुदूरपश्चिमको मौलिक पर्व हो । आपसी सद्भाव र भाइचारा बढाउन मनाइने यो पर्व सुदूरपश्चिमसँगै कर्णालीमा पनि मनाउने गरिन्छ ।
एमाले सचिव भट्टले यस पर्वको ऐतिहासिक महत्व र औचित्यका बारेमा त्यहाँ सहभागी नेता–कार्यकर्तालाई बुझाएका थिए ।
टिप्पणीहरू