शताब्दी पुरुष सत्यमोहन जोशी बितेको छ महिनामा पत्नी राधादेवीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन भएको छ । एक सय वर्षीया जोशीको आज बिहान सवा ५ बजे निधन भएको हो ।
ललितपुर ग्वार्कोस्थित किस्ट अस्पतालमा निधन भएकी उहाँ श्वासप्रश्वास रोगबाट पीडित भई झण्डै दुई सातादेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो ।
सत्यमोहन जोशीको पनि गत असोज ३० गते १०३ वर्षको उमेरमा सोही अस्पतालमा निधन भएको थियो । दुबैजनाले ८४ वर्ष लामो दाम्पत्य जीवन बिताउनुभयो ।
टिप्पणीहरू