प्रतिनिधिसभा बैठक दिउँसो १ बजे
प्रतिनिधिसभाको बैठक आज डाकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
त्यस्तै, सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
यसैगरी, नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति पूर्वसदस्य एवम् वि.सं. २०१५ को आम निर्वाचनमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि आजैको बैठकमा पारित गरिनेछ ।
टिप्पणीहरू