विनोद चौधरीले लाजै नमानी २ हजार बुझे, स्वदेशमा कन्दनी, संसारमा १६४७ औं धनी

विनोद चौधरीले लाजै नमानी २ हजार बुझे, स्वदेशमा कन्दनी, संसारमा १६४७ औं धनी

नेपालकै एक मात्र डलर अर्बपति । जसको सम्पत्ति एक वर्षमै ३० करोड डलर थपिएर एक अर्ब ८० करोड डलर पुग्यो भनिएको छ । तर, विश्वकै १९२९ औँ धनीमा दरिएका विनोद चौधरीले अर्थतन्त्र डाँवाडोल भएको आफ्नो देशको ढुकुटीबाट मासिक ९ हजार रुपैयाँसमेत दुहिरहेको प्रमाण भेटिएको छ । जात फाल्नु गहतको झोलमा भनेझैं ८/९ हजार मासिकको त कुरै छोडिदिऊँ विशेष भत्ताबापत पाइने १ हजार रुपैयाँसम्म छोडेका छैनन् । समावेशी मधेशी कोटामा कांग्रेसको केन्द्रीय सदस्य हुँदै नवलपरासीबाट सांसद चुनिएका उनले घर मर्मत शीर्षकमा संसद सचिवालयबाट मासिक ९ हजार नियमित बुझिरहेका छन् । 

संघीय संसद सचिवालयले जनाएअनुसार प्रतिनिधि सभाका २ सय ७५ सांसदमध्ये अहिले १५२ जनाले घरभाडाबापत मासिक १८ हजार बुझ्दै आएका छन् । यससम्बन्धी ऐनको दफा ६ ले भनेको छ ‘काठमाडौंमा घर नभएका प्रत्येक सदस्यलाई अनुसूची (१) बमोजिमको रकम आवास सुविधाबापत दिइने’ छ । सोबमोजिम १५२ माननीयले १८ हजार रकम राज्यकोषबाट लिँदै आएका छन् । ११२ सांसदको राजधानीमा घर भएका कारण उनीहरूले संघीय संसदका पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ (२) बमोजिम आवास मर्मत सम्भार शीर्षकमा ९ हजार बुझ्ने गर्छन् । त्यही सूचीमा विनोद चौधरीको नाम पनि भेटिन्छ । स्रोतका अनुसार यो शीर्षकमा उनले गत पुसमा ७ हजार ३ सय बुझेका छन् । यस्तै धारा, बिजुलीबापत १६००, सञ्चार सुविधा २ हजार, विशेष भत्ताबापत ८०० बुझेको विवरण सभामुखको निजी सचिवालयले जनआस्थालाई उपलब्ध गराएको छ । 

पुस ७ गतेबाट मात्र कार्य प्रारम्भ भएका कारण सो महिनाको तलबबापत चौधरीले ५२ हजार ८५६ बुझेको प्रमाण हामीसँग सुरक्षित छ । संघीय सांसदको तलब ६६ हजार ७० रुपैयाँ छ । माघ, फागुन, चैतमा सोही बराबरको तलब बुझेका चौधरीले पछिल्लो तीन महिनामा आवास सुविधावापत ९ हजारका दरले २७ हजार लगिसकेका छन् । उनले कांग्रेस पार्टीलाई १० हजारका दरले लेबी तिर्ने गर्छन् । सन् २०१३ देखि विश्वका अर्बपतिको सूचीमा पर्दै आएका चौधरीको सम्पत्ति २०१७ मा २० करोड डलर थपिएर १ अर्ब ३१ करोड अमेरिकी डलर पुगेको थियो । सन् २०१८ मा २२ करोड डलर थपिएका फोब्र्स म्यागेजिनले जनाएको छ ।

कोभिड कालमा सबै व्यापारी सुक्दासमेत उनको सम्पत्ति १६ करोड डलरले थपियो । पछिल्लो ४ वर्षमा ३० करोड डलर आम्दानी बढेर १ दशमलव ८ अर्ब करोड पुगेको उक्त पत्रिकाले जनाएको छ । हरेक वर्ष सम्पत्ति बढ्ने तर राज्यलाई कर तिर्ने मामलामा उनी जहिल्यै पुच्छारतिर मात्र पर्दै आएको विडम्बना यही नेपालमा मात्रै देख्न पाइन्छ ।

यो पनि...

1. दुबई गएका बिनोद चौधरी हिसाब मिलाएर सोझै दिल्ली

2. विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप

3. चिरिबाबुले भोलि नै बोलाएर च्याप्न लागे चौधरीलाई

4.तिम्रो जागिर तिमीलाई नै उपहार, अर्बाैं नाफा एक्लै खाने विनोद चौधरीको अनुहार


 

टिप्पणीहरू