एमाले अध्यक्ष ओली बिरामी

एमाले अध्यक्ष ओली बिरामी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी पर्नुभएको छ । भाइरल ज्वरोका कारण आफू अस्वस्थ भएको उहाँले बताउनुभएको हो ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले भाइरल ज्वरोका कारण आफ्नो स्वास्थ्यमा समस्या आएको जानकारी दिनुभएको हो । जसका कारण १० वैशाखमा हुने ३ उपनिर्वाचनकाे अभियानमा आफू सामेल हुन नसक्ने उहाँले बताउनुभएको छ । 

अध्यक्ष ओलीले अहिले आफू एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको पनि जानकारी दिनुभएको छ । 

 'भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन’ उहाँले भन्नुभएको छ । 

एमालेले तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनेको छ । तीनैजना योग्य उम्मेदवार भएकाले उनीहरुलाई जिताउन ओलीको विशेष अपिल छ ।

टिप्पणीहरू