चुनावमा भोट माग्न माओवादी र रास्वपा नेता जहाज चढेर मधेसतिर
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व राज्यमन्त्री डा. तोसिमा कार्की मधेस झरेकी छन् । उनी साँझ बुद्ध एयरको जहाजबाट सिमरा गएकी हुन् ।
बुद्धको बिएचए ५६३ उडानबाट कार्की साँझ सवा ६ बजे काठमाडौँबाट सिमरा प्रस्थान गरेको बताइएको छ । माओवादी केन्द्रका नेता तथा मधेस प्रदेशका उद्योगग,पर्यटन वन राज्यमन्त्री रहवर अन्सारी पनि सोही जहाजबाट सिमरा ओर्लिएका छन् ।
रास्वपा नेतृ कार्की बारा-२ को चुनावी सभामा भाषण गर्न त्यसतर्फ गएको बुझिएको छ । बैशाख १० मा हुने उपचुनावमा बारा-२ बाट पूर्वडिआइजी रमेश खरेललाई रास्वपाले मैदानमा उतारेको छ । मंसिरको चुनावमा काठमाडौँ-१ बाट हारेका उनी आफैँ अध्यक्ष रहेको पार्टी छोडेर उपचुनावको मनोनयन दर्ता गर्ने दिन रास्वपा प्रवेश गरेका हुन् ।
बारा-२ मा माओवादी केन्द्रले भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेको छ ।
टिप्पणीहरू